
अत्तरिया, २३ असार– सामाजिक सँस्था थ्रीडिभीएल क्रिएसनले कैलालीको अत्तिरियाबाट एक पुरुषको उद्धार गरेको छ । बझाङको बुंगल नगरपालीका घर भई हाल कञ्चनपुरको कृष्णपुर बस्दै आएका गम्भीर वि.क. को उद्धार गरीएको हो ।
दुवै खुट्टा नचल्ने भएपछी अत्तरियाको पहाडरोडमा अलपत्र रहेका वि.क.को राती बुधबार ११ बजेको समयमा स्थानीय तथा प्रहरीको सहयोगमा उद्धार गरिएको थ्रीडिभीएल क्रिएसनका अध्यक्ष दिपक ओझाले जानकारी दिए । उनलाई राती उद्धार गरी अत्तरियाकै एक होटलमा राखीएको र बिहान घरसम्म पठाईएको ओझाले बताए ।
