कैलालीको अत्तरियामा एक पुरुष मृत फेला

Bhancha ghar0

अत्तरिया, २३ असार– कैलालीको अत्तरिया बसपार्क नजिकै एक पुरुष मृत फेला परेका छन् । गोदावरी नगरपालिका वडा नं. ४ बास्कोटा बस्ने ६० वर्षीय इन्द्र मल्ल मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव गोदावरी नगरपालिका वडा नं. २ अत्तरियास्थित बसपार्क पछाडी फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.