डोटीका उम्मेदवारले निर्वाचन खर्च विवरण अझै बुझाएनन्

डोटी, २२ असार– स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर डोटी जिल्लाका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा कुल ३४३ पदका लागि १०५० जनाले प्रतिस्पर्धा गरेका थिए ।

ती उम्मेदवारमध्ये २५६ जनाले मात्रै खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलबहादुर मलासीले बताए । ‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा पेस गर्ने भनेको छ’ मलासी भने, ‘तर आजसम्म २५६ जनाले मात्रै विवरण बुझाएका छन् ।’ आयोगले तोकिएको समयमा विवरण बुझाउने र नबुझाउने उम्मेदवारहरुको छुट्टाछुट्टै तयार गरी कारबाहीको लागि सिफारिस सहित आयोगमा पठाउन निर्देशन गरेको सूचना अधिकारी मलासीले बताए ।

Navadurga sun

निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार निर्वाचित उम्मेदवारहरुले समेत तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् । दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका निर्वाचित प्रमुख/अध्यक्षले समेत निर्वाचन खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कले देखाउँछ । जिल्लाका विभिन्न स्थानीय तह मार्फत सबै उम्मेदवारहरुलाई तोकिएको समयमा निर्बाचन खर्च विवरण बुुझाउन ध्यानाकर्षण गराए पनि हालसम्म अधिकाँश उम्मेदवारहरुले खर्च विवरण नबुुझाएको जिल्ला निर्बाचन कार्यालय डोटीले जनाएको छ ।

सबै उम्मेदवारहरुलाई स्थानीय तह मार्फत निर्बाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुुझाएपछि हालसम्म प्राप्त विवरण निर्बाचन आयोगमा पठाईने जिल्ला निर्बाचन अधिकारी करुणाकर पाण्डेयले बताए । त्यस्तै निर्बाचन आयोगले असार ८ गते एक प्रेस विज्ञप्ति मार्फत सबै जिल्ला निर्बाचन कार्यालयलाई उम्मेदवारहरुले खर्च बिबरण बुुझाए नबुुझाएको यकिन गरी आबश्यक कारवाहीको लागि आयोगमा सिफारिस सहित लेखी पठाउन निर्देशन जारी गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...