डोटीको गोबघाटस्थित सेती नदीमा बगेका मध्ये एक सकुशल फेला अर्का बेपत्ता

डडेल्धुरा, २२ असार– डडेल्धुराका दुई युवक डोटीस्थित सेती नदीमा बगेका छन् । बुधबार मलामी गएका अमरगढी नगरपालिका वडा नं. ६ स्थित छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका हुन् ।

डडेल्धुराबाट मलामी गएका उनीहरू दुवै जना डोटीको शिखर नगरपालिका गोबिघाटस्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउने क्रममा बगेको प्रहरीले जनाएको छ । बगेका मध्ये विनोद सकुशल फेला परेका छन् ।

उनी बगेको स्थानबाट केही तल फेला परेका हुन् । त्यस्तै अर्का युवक वीरेन्द्र भने बेपत्ता भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.