बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा (सूचना सहित)




काठमाडौं, २२ असार- सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।



मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम आयोगको अनुरोधमा असार २६ गते सार्वजनिक बिदा दिने निणर्य गरिएको जानकारी दिनु भएको छ ।


