धनगढी, २१ असार– धनगढीमा लागूऔषध (खैरो हेरोईन) सहित १ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका २ त्रिनगरमा से ७ प ६२३७ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरौ हेरोईन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनगढी ०२ त्रिनगर ब्यारेल नजिक कञ्चपुर बेलौरीबाट धनगढी तर्फ आईरहेको चालक गोदावरी नगरपालिका १२ बस्ने २९ वर्षीय धर्म बडैलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको ८ ग्राम खैरो हेरोईन फेला पारेको हो । स्कुटी र निज समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
