अत्तरिया, २१ असार– कैलालीको गोदावरी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८/०७९ को नगरमा भई गरेको कार्यक्रको मंगलबार सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम गोदावरी नगरपालिकाको आयोजना प्रादेशिक सुशासन केन्द्र डोटीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ कैलालीको सहजीकरणमा सम्पन्न भएको हो ।
सुनुवाई कार्यक्रमका सहभागिहरुले कार्यक्रमलाई वडा तहबाट नै गर्न सुझाव दिए । नगरपालिकाकी उपमेयर शारदा रोकायाले सुशासनका लागि नगरपालिकामा मात्र नभएर वडा–वडामा सार्वजनिक सुनुवाई गर्नपर्ने सुझाव दिईन । वडा तहबाट नै सार्वजनिक सुनुवाई गरेमा प्रभावकारी समेत उनले बताईन् । उनल नगरमा सेग्राहीलाई छिटो छरिटो सेवा दिनका लागि पालिकाको बैठकमै निर्णय भएको बताईन । ‘सेवाग्राहीका काम कागजी प्रक्रिया पुगेको भए चाडो गर्नुहोला भन्ने कुरा पालिकाको बैठकमा समेत निर्णय भएको छ’, उनले भनिन् । ‘प्रक्रिया नपुगेको भए पनि सम्झाएर मात्र पठाउन भनिएको छ ।’
कार्यक्रममा सहभागीबाट आएका गुनासोलाई प्रमुख प्रशाशकीय अधिकृत बसन्त खत्रीले सम्बोधन जफाव दिएका थिए । उनले आर्थिक बर्ष २०७८/०७९ को सम्पन्न कार्यक्रमका बारेमा जानकारी गराएका थिए । सार्वजनीक सुनुवाई कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत खत्रीले आर्थीक वर्ष २०७८/७९ मा भएको प्रगति समीक्षा प्रस्तुत समेत गरेका थिए । उनले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब १२ करोड ४६ लाख ११ बजार अर्थात ८७ दशमलव ९२ प्रतिशत आम्दानी भएको बताए ।
त्यस्तै नगरपालिका प्रवत्ता तथा वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्टले सार्वजनिक सुनुवाई कार्यक्रममाले शुसासन कायम गर्नमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । उनले सार्वजनिक सुनुवाई कार्यक्रम कुनै संघ संस्थाले भन्दा पनि नगरपालिकाले नै गर्नुपर्नेमा जोड दिए । उनले आफु आफ्नो वडाको विकास तथा सुशासनको लागी प्रयत्न गर्ने दावी गरे ।
कार्यक्रमका सहभागिले कार्यालयमा हुने वेथितिका लागि सार्वजनिक सुनुवाई आवश्यक रहेको औल्याए । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डेय (आगो) ले नगरपालिकामा भए गरेका कामको अनुगमन हुन नसकेको गुनासो गरेका थिए । उनले नगरपालिकाले योजना हाल्ने तर अनुगमनमा नजाने गरेकै कारण विकास निर्माणका कामहरु दीर्घकालीनरुपमा टिक्न नसकेको बताए । उनले नगरमा हुने विकासको सुरु देखि अन्तिम सम्म अनुगमनको खाँचो रहेको औल्याए । सडक निर्माण गर्दा समेत विना निकासका नाली बनाएकोले नाली भएका ठाँउमा पनी डुवान हुने गरेको उनले बताए ।
त्यस्तैगरी नगरपालिकाले योजना तर्जमा गर्दा सबैसंग समुन्वय गरेर अगाडि बढ्नुपर्ने उनको भनाई थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्ना गुनासो राख्दै स्थानीय दिपक ओझाले नरपालिकाले दिने अनुदान सहि ठाँउमा नपुगेको बताएका थिए । उनले पहुँचका भरमा कृषि सामग्रीहरु वितरण हुने भएको हुँदा यसको अन्त्य हुन आवश्यक रहेको बताए ।
त्यस्तै उनले कृषि लगायतका क्षेत्रमा युवापुस्तालाई समेट्ने गरी कार्यक्रम ल्याउन सुझाव समेत दिएका हुन् । कृषी क्षेत्रमा अनुदान दिँदा फिल्ड अनुगमन गरेर मात्रै दिने गरेको उनले बताए । सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन पत्रकार भोजराज जोशीले गरेका हुन् । सार्वजनिक सुनुवाई कार्यक्रम उपप्रमुख शारदा देवी रोकायाको अध्यक्षतमाा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत बसन्त खत्री, नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष गोपालदत्त भट्ट, सर्वसाधारण संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियाे ।