अत्तरिया, २० असार– साक्षर नेपाल अभियान अन्तर्गत लम्की चुहा नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । एक विशेष कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले नगरपालिकालाई साक्षर घोषणा गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका राज्यमन्त्री रैकाले आफूले शिक्षा र स्वास्थलाई पहिलो प्राथमिकतामा राखेको बताउदै शिक्षाको बिकास लागि संघ, प्रदेश र स्थानीय सरकार बिचमा थप प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
बिशेषगरी शिक्षाको बिकासका लागि सबैले लाग्नु पर्ने बताए । कार्यक्रम लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
