अत्तरिया हस्पिटलले अत्तरिया बसपार्कमा एक हप्तासम्म निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

अत्तरिया, २० असार– कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलले अत्तरिया बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको छ । यातायात व्यवसायी समितिको सहकार्यमा अत्तरिया हस्पिटलले सोमबारदेखी एक हप्तासम्म निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

शिविर कार्यक्रममा यात्रुलाई लक्षित गर्दै निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गराउने उद्देश्यका साथ अत्तरियाको बसपार्कमा एक हप्ते निःशुल्क स्वास्थ्य शिवीर संचालन गरेको अत्तरिया हस्पिटलका कार्यकारी निर्देशक डिल्ली राज पाठकले बताए । हस्पिटलले उक्त शिबिरले यात्रा अवधी भर यात्रुलाई आराम र सहज होस भनेर प्राथमिक उपचार सहित औषधी र परामर्श गरिरहेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

उक्त स्वास्थ्य शिविरमा करिव ३०० यात्रुलाई सेवा प्रदान गरिएको थियो । शिविरमा प्रेसर, ज्वरो, टाउको दुखाइ, झाडापखाला, बान्ता हुने समस्या भएका यात्रुको जाँच गरिएको हस्पिटलले जनाएको छ । शिविर दैनिक बिहान ७ बजे देखि ११ बजे सम्म निरन्तर संचालनमा आउने कार्यकारी निर्देशक पाठकले बताए ।

Couple
Loading...