डिलबहादुर सिंह
डोटी, १९ असार- खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि शैक्षीक संस्थाहरु सँग सहकार्य गरिन थालेको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिद्धारा पर्यटन प्रवद्र्धनमा बिद्यार्थीहरुको भूमिकालाई प्रवाभकारी बनाउन बिषयमा शैक्षिक संस्थाहरु सहकार्य गरिन थालेको छ ।
सहकार्यको पहिलो चरण अन्तरगत डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको डोटी बहुमुखी क्याम्पस सिलगढीका बिद्यार्थीहरुका बिचमा खप्तडको पर्यटन विकासमा विद्यार्थीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भिमबहादुर खडकाले जानकारी दिनुभयो । निर्देशक खड्काले भन्नुभयो,- ‘खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सबै क्षेत्र सँग सहकार्य गरिन थालेको छ । पर्यटन बिकासमा बिद्यार्थीहरुको भूमिका बिषयमा गरिएको अन्तरक्रिया कार्यक्रमबाट समग्र क्षेत्रमा सकारात्मक सन्देश गएको छ ।’
शुक्रवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा खप्तड क्षेत्रको पर्यटकीय र धार्मिक महत्व, यस क्षेत्रको आर्थिक बिकासका पर्यटन क्षेत्रको महत्व र पर्यटन विकासमा आगामी योजनाको बारेमा क्याम्पस प्रमुख, सहप्राध्यापक, कर्मचारीहरु र स्नातक तहका विभिन्न संकायमा अध्यानरत बिद्यार्थीहरुको सहभागीता रहेका थियो । खप्तड क्षेत्रको पर्यटन विकासमा खप्तड क्षेत्रका आसपास लगायत पर्यटन सँग सम्बन्धीत देशका अन्य क्षेत्रका शैक्षीक संस्थाहरुसँग समेत सहकार्य गरिने बताइएको छ।
पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने:
खप्तड राष्ट्रिय निकुञ्ज वरिपरिका क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिने भएको छ । पर्यटकीय क्षेत्रको संरक्षण र पर्यटकीय गतिविधीहरुमा स्थानीय बासिन्दाहरुको सहभागीता बढाउन पर्यटन प्रवर्द्धन अभियान संचालन भइरहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भिमबहादुर खड्काले जानकारी दिनुभएको छ ।
निर्देशक खड्काले भन्नुभयो, -स्थानीय बासिन्दाहरुमा पर्यटनको महत्व महसुस नभएका कारण हामिले गर्ने कामहरु पनि प्रभावकारी हुन सकेका छैनन् । सामान्य होर्डिङ बोर्ड देखि भौतिक संरचनाहरुको संरक्षणमा समेत स्थानीयहरुमा अपनत्व बिकास गर्नका लागि पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्ने योजना बनाइएको हो ।
