कैलालीको चौमाला बहुमुखी क्याम्पसलाई भारतले दियो बस उपहार

धनगढी, १९ असार– भारत सरकारले कैलालीको एक क्याम्पसलाई अनुदान सहायतास्वरूप बस प्रदान गरेको छ । आइतबार जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. १ स्थित चौमाला बहुमुखी क्याम्पसलाई बस प्रदान गरिएको हो ।

चौमाला बहुमुखी क्याम्पसका प्रमुख मिनदत्त ढुंगानाले आइतबार उक्त बस बुझेको बताए । नेपालमा रहेको भारतीय राजदूतावासले नेपालभर विभिन्न सङ्घ-संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको छ ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।

Loading...