अत्तरिया हस्पिटलद्वारा कञ्चनपुरको कृष्णपुर ४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अत्तरिया, १८ असार– कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलले वडा नं. ४ मा रहेको समैजी माध्यमिक विद्यालय किँचाईमा शिविरको आयोजना गरेको हो ।

शिविरमा पेट, मुटु, छातीका रोगहरुका साथै हाईड्रोशिल, हर्निया, सुगर, प्रेशर तथा दन्त सम्बन्धी समस्या भएका विरामीहरुलाई पनि चेकजाँच गरिएको अस्पतालका कार्यकारी निर्देशक डिल्लीराज पाठकले बताए ।

उनले शिविरमा आएका विरामीहरुलाई रोग सम्बन्धी परामर्श दिनुका साथै औषधीहरु पनि निःशुल्क वितरण गरिएको बताए । उनका अनुसार शिविरबाट करिब ३ सय भन्दा बढी सेवाग्राहीहरुले लाभ लिएको बताएका छन । स्थापना भएदेखी नै अत्तरिया हस्पिटलले विभिन्न सामाजिक कार्यहरुमा आफ्नो सहभागीता जनाउदै आइ रहेको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.