सेनाले अत्तरिया बसपार्कमा राख्यो बोर्ड

अत्तरिया, १८ असार – नेपाली सेनाले अत्तरिया बसपार्कमा आफ्नो बोर्ड राखेको छ । बोर्डमा सूचना उल्लेख गरेको छ। सूचनामा नेपाली सेनाको भोगाधिकार प्राप्त जमिन भनेर लेखिएको छ । अत्तरिया बसपार्क उत्तर पट्टी का ६१ घर सहितको भुभाग सेनाले लिने चर्चा को बिच सेनाले बोर्ड राखेको छ ।

Bhancha ghar0

सेनासँग समस्या समाधानको लागि स्थानीय सरकारले पनि पहल जारी राखेको बुझिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट अहिले काठमाडौं छन् । उनले पनि यो समस्या समाधानको लागि पहल गरिरहेको बुझिएको छ ।

यद्यपि यो बिषय स्थानीय सरकारले मात्रै समाधान गर्न नसक्ने हुँदा केन्द्र सरकारले नै निर्णय गर्नुपर्ने जानकारहरुले बताएका छन् । नेपाली सेनाले आफ्नो प्रयोजन को लागि उक्त भु-भाग निकै पहिले सेनाले लिएको बुझिएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.