धनगढीका खाद्यान्न पसलमा अनुगमन

धनगढी, १७ असार– कैलालीको धनगढीका खाद्यान्न पसलमा अनुगमन गरिएको छ। धनगढीका विभिन्न खाद्यान्न पसल तथा डेरीहरुमा अनुगमन गरिएको हो।

त्यस्तै भन्सार रोडमा रहेको बाबा डेरीमा म्याद सकिएको सामान बिक्री गरेको र भन्सार छली गरि ल्याइएका सामान नष्ट गरि ५ हजार जरीवाना गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun

धनगढी चौराहमा रहेको बिस्ट स्विट हाउसमा पनि मापदण्ड बिना सामान विक्री वितरण गरिएको पाइएकाले १० हजार जरिमाना गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

धनगढीका अन्य पसलहरुमा पनि जिल्ला प्रशासन कार्यालय कैलाली, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलाली, गुण स्तर तथा नापतौल कार्यालय कैलाली, ४ खाध्य तथा गुणस्तर नियन्त्रण कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय कैलाली, घरेलु कार्यालय कैलाली, खाध्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालय कैलालीको संयुक्त टोलीले अनुगमन गरेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...