कैलालीका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन् 

धनगढी, १६ असार– कैलालीमा गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदावरले चुनावी खर्च विवरण बुझाएका छैनन् ।

कैलालीमा रहेका १३ स्थानीय तहको विभिन्न पदमा उम्मेदवार बनेका ३ हजार ७३ मध्ये ४५० जनाले मात्र चुनावी खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय धनगढीका सुचना अधिकारी राजेश चौधरीले बताए । खर्च विवरण बुझाउनेमा २७४ पुरुष र १७६ महिला उम्मेदवार रहेका छन् ।

Navadurga sun

अझै २ हजार ६२३ जनाले चुनावी खर्च विवरण नबुझाएको सुचना अधिकारी चौधरीले जानकारी दिएका छन् । उनले भने, ‘निर्वाचन भएको ३० दिनभित्र सबै उम्मेदवारले चुनावी खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ ।’ जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिनाभित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

जिल्लामा विभिन्न तहका पदका लागि उक्त संख्यामा उम्मेदवार बनेका थिए । हालसम्म स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा वडाध्यक्ष वडा सदस्य उमेदवार बनेका थिए ।

उम्मेदवारले सम्र्पुण खर्च बिवरण स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा २ र स्थानिय तह निर्वाचन सम्बन्धि २०७३ को नियम ४० तथा आयोगद्धारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम खर्च बिवरण बुझाउनु पर्दछ । जस अनुसार मतदाता नामावली खरिद, सवारी साधन तथा गाडीघोडाको प्रयोग, सवारी इन्धन, दाना, प्रचार प्रसार सामाग्री, ढुवानी, गोष्ठी कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधी परिचालन लगायत बिबिध निर्वाचन खर्च बिवरण पठाउनु पर्ने नियम छ ।

त्यस्तै निर्वाचन आयोगले चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारको छुट्टै विवरण पठाउन निर्देशन दिएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै खर्च विवरण नबुझाउनेको उम्मेदवारको विवरण राखेर पठाउन निर्वाचन कार्यालयलाई निर्देशन दिएको हो ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचार-प्रसारमा गरेको आफ्नो खर्चको विवरण ३० दिनभित्र बुझाउनु पर्छ । तर त्यस अनुसार अहिलेसम्म बुझाए/नबुझाएको एकिन गरी बुझाउने र नबुझाउने उम्मेदवारको विवरण छुट्टै पठाउन निर्देशन दिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...