अत्तरिया, १५ असार- धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहु उद्देश्यीय सहकारी लिमिटेडले धान दिवस मनाएको छ । कैलालीको कैलारी गाउँपालिका वडा नं. १ विसनपुरमा १९ औँ राष्ट्रिय धान दिवस बुधबार मनाइएको हो ।

धान दिवस कार्यक्रमको प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीके रहेका थिए । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नारा का साथ राष्ट्रिय धान दिवस मनाएको छ । संस्थाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीको सभापतित्वमा भएको हो कार्यक्रममा वडा नं १ का वडाध्यक्ष धोज बहादुर बोहरा, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र बम, नेपाली कांग्रेस कैलारी गाउँपालिका सभापति कृष्ण चौधरी लगायतकाे सहभागिता रहेका थिए ।
कार्यक्रमको सञ्चालन सहकारीको प्रमुख कार्यालयका प्रमुख महेन्द्र शाहीले गरेका हुन । असार १५ दहि च्यूरा खाने तथा धान दिवसका रुपमा भव्य रुपमा मनाईने गरिन्छ ।
