कैलालीको लालपुरमा जनक स्मृती खुला भलिबल प्रतियोगिता सम्पन्न

प्रतियोगितामा आयोजक बि को टिम प्रथम, श्रीपुर कंक्रीट उद्योग टिम द्वितीय

प्रकाशबहादुर बोहरा

Ganyapdhura gau

अत्तरिया, १४ असार- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ लालपुरमा सोमबार देखि सुरु भएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच जनक स्मृति खुल्ला भलिबल प्रतियोगिता उ.स.काे आयोजनामा स्वर्गीय जनक ओझाको सम्झनामा जनक स्मृती खुला भलिबल प्रतियोगिता २०७९ सम्पन्न गरिएको हो ।

Navadurga sun
Godawari sandesh

प्रतियोगितामा गोदावरी नगरभित्र रहेका ६ ओटा टिमको सहभागिता रहेको थियो । मंगलबार आयोजक बि जनक स्मृति खुल्ला भलिबल प्रतियोगिता उ.स. र श्रीपुर कंक्रीट उद्योग बिच भएको फाइनल खेलमा आयोजक बि ले जित निकाल्न सफल भएको छ।

Dadeldhura hospital

प्रतियोगितामा आयोजक बि को टिम प्रथम, श्रीपुर कंक्रीट उद्योग टिम द्वितीय स्थान हासिल गरेको जनक स्मृति खुल्ला भलिबल प्रतियोगिता उ.स.का अध्यक्ष प्रेम बोहराले बताए ।

अध्यक्ष बोहराले कार्यक्रममा बोल्दै खेल सम्पन्न गराउनु हुने सम्पूणर्मा धन्यवाद दिँदै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सद्भावको अपेक्षा सहित पुनः सबैमा हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गरेका थिए ।

प्रतियोगितामा प्रथमलाई खसी मेडल र प्रमाणपत्र र द्वितीयलाई बोका मेडल र प्रमाण पत्र वितरण गरिएको जनक स्मृति खुल्ला भलिबल प्रतियोगिता उ.स.का अध्यक्ष बोहराले बताए ।

उक्त भलिबल प्रतियोगिता जनक स्मृति खुल्ला भलिबल प्रतियोगिता उ.स.का अध्यक्ष बोहराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदा देवी रोकाया रहेकी थिइन भने विशिष्ठ अतिथी गोदावरी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष कलावती साउँद रहेकी थिइन ।

त्यसैगरी अतिथीहरुमा वडा सदस्य चेत बहादुर ऐर, सुदूरपश्चिम प्रदेश अभिबल संघका सचिव सन्तोष भट्ट, एम वाई सी क्लवका अध्यक्ष डिल्लीराज भट्ट, जननौलो सहकारी प्रवन्धक राजेन्द्र शाह, समाजसेवी बालकृष्ण ओझा, वा.नं. ६ का वडा सदस्य जहरी सिह साउद, शान्ती सामुदायिक वनका अध्यक्ष हिरा देवी साउद वडा सदस्य, समाजसेवी, बुद्धिजीवि लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन गुणाकर पनेरुले गरेका थिए । उक्त भलिबल प्रतियोगिताको मुख्य रेफ्रिको रुपमा प्रेम सिंह बिष्ट रहेका थिए ।

Couple
Loading...