कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर २ जनाको मृत्यु

Bhancha ghar0

कञ्चनपुर, १४ असार– कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जना आआफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा उक्त घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिएका छन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.