लिफ्ट मागेर बुढीतोलामा कर्मचारी लुट्ने ३ जना भारतीय नागरिक पक्राउ

अत्तरिया, १३ असार– कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए ।

उनीहरुलाई गोदावरी नगरपालिका वडा नं.१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए । केही बेर अगाडि सोही स्थानको नजिकैबाट लुटिएको कार समेत फेला परेको थियो ।

कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी सोमबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए । तर गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.