लिफ्ट मागेर चढेका ३ जनाले गाडी नै लुटे

अत्तरिया, १३ असार– भीम दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् ।

महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले बुढीतोला क्षेत्रमा पुगेपछि फोटो खिचौं भनेर कार रोक्न लगाई उनीहरुले भण्डारीमाथि कुटपिट गरेको र प्लास्टिकले हातखुट्टा मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिएर गाडी लगेको भण्डारीले बताए ।

हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.