अत्तरिया, १३ असार- कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ लालपुरमा भलिबल प्रतियोगिता सुरु भएको छ । स्वर्गीय जनक ओझाको सम्झनामा जनक स्मृती खुला भलिबल प्रतियोगिता २०७९ सुरु भएको हो ।
प्रतियोगितामा गोदावरी नगरभित्र रहेका ६ ओटा टिमको सहभागिता रहेको जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार खसी, मेडल र प्रमाणपत्र रहेको तथा द्धितिय पुरस्कार बोको, मेडल रप्रमाणपत्र रहेको जनक स्मृति खुल्ला भलिबल प्रतियोगिता उ.स.का अध्यक्ष प्रेम बोहराले बताए ।
उक्त भलिबल प्रतियोगिता जनक स्मृति खुल्ला भलिबल प्रतियोगिता उ.स.का अध्यक्ष बोहराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदा देवी रोकाया रहेकी थिइन भने विशिष्ठ अतिथी गोदावरी नगरपालिका वडा नं.७ का वडा अध्यक्ष कलावती साउँद रहेकी थिइन ।
त्यसैगरी अतिथीहरुमा गोदावरी नगरपालिका वडा नं.७ का पूर्व वडा अध्यक्ष हेमराज ओझा, स्वर्गीय ओझाका पिता यज्ञराज ओझा, वडा सदस्य, समाजसेवी, बुद्धिजीवि लगायतको सहभागिता रहेको थियो ।
उक्त भलिबल प्रतियोगिता आज एक कार्यक्रमका बिच संचालन गरिएको प्रतियोगिता भोलि मंगलबार समापन हुने छ भने प्रतियोगिताको मुख्य रेफ्रिको रुपमा प्रेम सिंह बिष्ट रहेका छन् ।
