कैलालीमा बाढी र आगलागीमा आधारित कृत्रिम घटना अभ्यास

धनगढी, १२ असार– कैलालीको कैलारी गाउँपालिका वडा नं.७ विपतपुरमा बाढी र आगलागीमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति कैलालीको आयोजनामा बाढी र आगलागीमा आधारित कृत्रिम घटना अभ्यास गरिएको हो । उक्त अभ्यासमा आगलागी र बाढी प्रकोप आएपछि बाँच्ने उपायबारे स्थानीयहरुलाई जानकारी दिइएको थियो ।

Navadurga sun
Godawari sandesh

साथै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले आगलागी र बाढी आएपछि बाँच्ने उपाय, नियन्त्रण गर्ने अभ्यास गरिएर देखाएको कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष दिपेन्द्र बहादुर बमले बताए ।

Dadeldhura hospital

कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ७ बाढी डुबानको उच्च जोखिममा रहेको र गत बैशाख ११ गते कैलारी गाउँपालिका वडा नं. ७ विपतपुरमा आगलागी हुँदा ७१ घरधुरी मध्ये ३७ घर पूणर्रुपमा जलेर नष्ट भएको र बाँकी घरमा पनि क्षति पुगेको प्रवक्ता बमले बताए ।

कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी मनसुन सुरुसँगै कैलारीको विभिन्न ठाउँमा बाढीको जोखिम बढेको बताए । उनले भने ‘कैलारी-७ बाढीको साथै आगलागीको समेत जोखिममा रहेकोले विपतपुरलाई टर्गेटमा राखी यस ठाउँमा बाढी र आगलागीमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना अभ्यास गरिएको हो ।’

स्थानीयहरुको सहभागितामा यस्ता खाले अभ्यासले बाढी र आगलागीको प्रकोप बाँच्न र न्यूनीकरणमा टेवा पुग्ने अध्यक्षले बताए। कैलारी गाउँपालिकामा अग्नि नियन्त्रक दमकल नभएको कारणले विपतपुर गाउँ आगलागी हुदाँ ठुलो क्षति व्यहोरेको थियो । अगामी बर्षको बजेटमा दमकल खरिदको लागि ३५ लाख बजेट छुट्याएको उनले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलालीका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, सशस्त्र प्रहरीका एसपी धनबहादुर सिंह, नेपाली सेनाका सेनानी नवराज नाथ, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति उत्तम जोशी, महामन्त्री लोकराज जोशी, यूएनडिपी, मर्सिकोर, लुथरन विश्व फेडरेशन, वल्र्ड भिजन इन्टरनेशनल,कैलारी गाउँपालिका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको उपस्थिति रहेको थियो ।

Loading...