वन रक्षक आरक्षणमा फारम भरेका बासुदेवलाई अपाङ्ग भन्दै फिर्ता

बिज्ञापन नं. ५०६/०७८-७९ मा स्पष्ट रुपमा अपाङ्ग कोटा छुट्याइएको देखिन्छ

अत्तरिया, १२ असार– नेपालको अन्तरिम संविधानमा र नेपालको संविधानमा आरक्षणको स्पष्ट व्यवस्था भएपनि सुदूरपश्चिम प्रदेशमा भने एक अपाङ्ग भएका व्यक्तिलाई काम फरक र अन्य सहर नै छनोट प्रक्रिया हुने भन्दै फिर्ता पठाएको छ । नेपालको संविधान २०७३ बाट प्रदेश आयोगले व्यवस्था गरे अनुसार प्रदेश सरकारले वन रक्षकको लागि आवेदन खुला गरेको हो ।

वि.न.५०१-५०७/२०७८-२०७९ खुल्ला तथा समावेशी विज्ञापन खोलेकोमा बैतडी जिल्ला डिलासैनी गाउँपालिकाका बासुदेव जोशीले समावेशी समुहका फारम भरेका थिए । उनी रातो कार्ड भएका ‘क‘ वर्गका अपाङ्ग हुन् । एउटाखुट्टामा गम्भीर चोट रहेका कारण उनलाई दौडन अप्ठ्यारो रहेको छ । तर उनलाई अपाङ्गका लागि कुनै व्यवस्था नभएको भन्दै फिर्ता पठाईएको छ ।

त्यस्तै अर्का दार्चुला नौगाड गाउँपालिका बस्ने सन्तोष ठगुुन्नाको पनि दायाँ खुट्टामा समस्या भएको भन्दै उनलाई पनि फिर्ता पठाइएको छ । उनले भने आफु तेत्रो टाढाबाट पैसा खर्च गरेर वनबेहडामा परिक्षा दिन पुग्दा आफुलाई तिम्रो हुँदैन भनेर फिर्ता पठाएको बताए ।

प्रदेश लोकसेवाले बिज्ञापन नं. ५०६/०७८-७९ मा स्पष्ट रुपमा अपाङ्ग कोटा छुट्याइएको देखिन्छ । यसरी कोटा छुट्याउँदामा पनि आफुलाई फिर्ता गर्नुको कारण के रहेछ बुझ्न नसकेको उनले बताए । लोकसेवा जस्तो कार्यालयले एउटा बुझ्नु पर्ने कुरा के हो भने विज्ञापन खोल्दा खेरी विचार पुर्‍याउनु पर्ने हो पछि आएर अपाङ्गका लागि कुनै व्यवस्था छैन भनेर फिर्ता पठाउनु पर्ने हैन ।

जोशीले आफूले समावेशी भनिसकेपछि आफूले पनि सहभागि हुनु पाउनुपर्ने बताएका छन् । जोशीले एक भिडियो सेयर गर्दै भनेका छन् संविधान निजामती कर्मचारी भर्नामा दिइएको आरक्षण त्यसमा पनि हुन पाउनुपर्ने हो । साथै उहाँले आफुलाई सहि सुझाव दिनका लागि सबैलाई आग्रह समेत गरेका छन् ।

निजामती भर्नामा आरक्षण रहेको तर यो पदमा कामको प्रकृती फरक भएका कारण छुटेको वा आरक्षणको प्रावधान नभएको र संघको आयोगमा पनि यो व्यवस्था नभएको प्रदेश लोकसेवा सचिव राम हरी ज्ञवालीले बताएका छन् ।

https://www.facebook.com/106254674587460/videos/934454944061553

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.