गाँजालाई बैधानिकता दिनुपर्ने माग राख्दै धनगढीमा हस्ताक्षर अभियान सुरु

धनगढी, १२ असार- नेपाल सरकारले गाँजालाई बैधानिकता दिनुपर्ने माग राख्दै धनगढीमा हस्ताक्षर अभियान सुरु भएको छ। नेपाल गाँजा वैधानिकता महाअभियान सुदूरपश्चिम प्रदेश समितिले बिभिन्न क्षेमा गएर हस्ताक्षर संकलन गर्न लागेको संयोजक किरन थापाले जानकारी दिए ।

Dadeldhura hospital

‘समाजमा गाँजालाई नाशालु पदार्थ भन्दै अवैधको सुचिमा राखेको छ’ संयोजक थापाले भने-‘गाँजालाई देशको आयआर्जनको माध्याबाट लिनुपर्ने हुन्छ ।’

Navadurga sun
Godawari sandesh

गाँजाबाट व्याग, जुत्ता, टोपी लगाएतका राम्रो लुगाकपडा पनि उत्पादन हुन्छ त्यसैले यसलाई ब्राण्डीङ गरेर सरकारले मान्यता दिन दबाब सृजना गर्न हस्ताक्षर अभियान गरेको आयोजकले बताएको छ ।

१० लाख हस्ताक्षर संकलन गरी सहकारलाई बुझाउने अभियानकार्ताहरुको लक्ष्य रहेको छ । अभियानकर्ताहले धनगढीका बिभिन्न स्थानमा सभा गर्दै गाँजाको उपयोगिताका बारेमा दबाब मुलक कार्यक्रम पनि सुरु गरेका छन् ।

Loading...