
धनगढी, ११ असार- सशस्त्र प्रहरीले कैलालीबाट भन्सार छलीका सामान तथा ओसारपसार संलग्न सवारी बरामद गरेको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. २, त्रिवेणी घाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको ३ लाख ७ हजार ३ सय ६० रुपैयाँ बराबरको कपडा तथा चप्पल र सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रीक रिक्सा र पेट्रोल अटो २ लाख ५० हजार बराबर मूल्य पर्ने जम्मा ५ लाख ५७ हजार ३ सय ६० रुपैयाँ बराबर सामान र अटो बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार मातहत बिओपि धनगढी त्रिनगरबाट खटिएको गस्ती टोलीले सो सामान बरामद भएको बताए । सामान तथा अटो रिक्सा बरामद गरी आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको उनले बताए ।
