धनगढी, ११ असार- कैलालीको मध्यपूर्वी क्षेत्रमा शनिबार ठूलो वर्षा भएको छ । विहान करिब एक घण्टा वर्षा भएपछि भजनी नगरपालिकाको १ र ३ वडाका केही क्षेत्र जलमग्न भएको छ ।
नाला नभएका कारणले केहीबेरमात्रै पानी पर्दा जलमग्न भएको खेम पाण्डेयले बताएका छन् । पानीको निकास नभएका कारण भजनी बजारमा पनि पानी जमेको थियो ।
शनिबार विहान चुरे क्षेत्र र कैलारी गाउँपालिकाको हसुलियाभन्दा पूर्वतिर वर्षा भएको छ । पानी आवश्यक परेको बेला वर्षा भएपछि किसान हर्षित भएका छन् ।
