कैलालीको धनगढी विमानस्थल स्तरोन्नतिको कार्य शुभारम्भ, मन्त्री मालेले गरे उद्घाटन

धनगढी, ११ असार- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् । शनिबार धनगढी विमानस्थल परिसरमा आयोजित कार्यक्रमका बीच स्तरोन्नतिको निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

आन्तरिक स्रोतबाट १ अर्बको बजेटबाट धनगढी विमानस्थलको टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यान्टिन र गेट निर्माण गरिने भएको छ । ती निर्माण कार्यका लागि मन्त्री आलेले शनिबार बेलुकी शुभारम्भ गरेका हुन् ।

Navadurga sun

टर्मिनल भवनलाई एक्टेन्सन गरेर बनाउनु पर्छ भनेरै आफूले आन्तरिक स्रोतबाट बजेट छुट्याएको बताउँदै मन्त्री आलेले भने,‘पर्यटकहरु आउँदाखेरी गर्मीको मौसममा पानीको फोहोरा बनाउनु पर्छ भनेर वाटर फाउन्टेन र एयरपोर्टमा राम्रो क्यान्टिन नभएकाले त्यसको निर्माण गर्नुपर्छ भनेको थिएँ, आजदेखि सुरुवात भयो ।’

धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन भन्दै यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब बजेट विनियोजन गरेको थियो । सोही अनुसार आवश्यक पर्ने २ सय ५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भइसकेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...