प्रादेशिक प्रतिभा पुरस्कार संस्कृतिविद डा.जोशीलाई

धनगढी, ११ असार– नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७८ सालको संस्कृति बिधाको राष्ट्रिय स्तरको प्रादेशिक प्रतिभा पुरस्कार धनगढीका साहित्यकार एबम् संस्कृतिविद् डा.टीएन जोशीलाई प्रदान गर्ने निणर्य गरेको छ ।
लामो समयदेखि भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सकृय डा.जोशीले सुदूरपश्चिमको लोकसंस्कृतिमा बिद्यावारिधि गरेका छन् ।

सुदूरपश्चिमकै प्रमुख साहित्यिक केन्द्र कैलाली जनपुस्तकालयको अध्यक्षसमेत रहनु भएका जोशी पेसाले भाषा साहित्यका प्राध्यापक हुन् । संस्कृति मन्त्रालयले छनौट समितिको सिफारिसका आधारमा डा.जोशीलाई उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो ।

Navadurga sun

यही असार २९ गते भानु जयन्तीका अवसरमा काठमाडौमा हुने विशेष समारोहमा उक्त पुरस्कारबाट प्रतिभालाई सम्मानित गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिभिन्न बिधामा पुरस्कृत हुने प्रतिभाको नाम घोषणा गरेको छ ।

भाषा साहित्य तर्फको प्रादेशिक प्रतिभा पुरस्कारबाट कैलाली क्याम्पसका सहप्राध्यापक तथा समालोचक गणेशराज जोशी सम्मानित हुने भएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...