अत्तरिया, १० असार– राष्ट्रिय प्रजातन्त्र पार्टी गोदावरीले महंगीको विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । राष्ट्रव्यापी कार्यक्रम अन्र्तगत असार को मध्येमा गरिने विरोध प्रदर्शनका लागि कैलालीको गोदावरी नगरपालिकामा संघर्ष समिति गठन गरेको छ । पार्टीका गोदावरी नगरपालिका अध्यक्ष दुर्गाकुमार पोखरेलको अध्यक्षतामा २४ सदस्यीत समिति गठन गरेको हो ।
समितिका अध्यक्षलाई पार्टीका क्षेत्रिय अध्यक्ष प्रेम बोगटी, प्रदेश ‘ख’ अध्यक्ष प्रकाश दत्त भट्ट र प्रदेश सहसचिब खगेन्द्र नाथ योगीले टीका लगाइ स्वागत गरेका थिए । पछिल्लो समय बजारमा दैनिक उपभोग्य सामग्री सहित पेट्रोलियम पदार्थको मूल्य आकासीयको छ ।
