Satyawati
Division ban Pahalmanpur

कैलालीमा ६ महिनाको अवधिमा १३४ जना पीडित, १३२ घटना

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया, १० असार– कैलालीमा ६ महिनाको अवधिमा १ सय ३४ जना पीडित भएका छन् । सन् २०२२ जनवरीदेखि जुन महिनासम्म कैलालीमा १ सय ३२ घटनामा १ सय २५ महिला र ९ जना पुरुष गरेर १ सय ३४ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी इन्सेकले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खड्कराज जोशीका अनुसार ६ महिनाको अवधिमा कैलालीमा अधिकारबाट ९७ जना, घरेलु हिंसाबाट ८८ जना, जवरजस्तीकरणीबाट ८ जना र बहुविवाहबाट १ महिला तथा बालअधिकारबाट २४ जना पीडित भएको बताए ।

Malpot office dadeldhura

क्षेत्रीय संयोजक जोशीका अनुसार सो मध्ये जवरजस्तीकरणीबाट १७, बेचबिखनबाट २, यौन दुर्व्यवहारबाट ४, जवरजस्तीकरणी प्रयासबाट १ जना तथा परिवारजनबाट २ जना महिलाको हत्या र १ महिला घाइते भएका छन् ।

सो अवधिमा अन्य पक्षबाट २ जना पुरुषको हत्या, २ जना कुटपिटबाट घाइते र ३ जना माथी दुर्व्यवहार गरिएको इन्सेकमा अभिलेख रहेको संयोजक जोशीले बताए । १ जनाले पत्नीको हत्यापछि आत्महत्या र १ जना कारागारमा मृत्यु भएको उनले बताए ।

इन्सेक क्षेत्रीय कार्यालय धनगढीले जिल्लाको मानवअधिकार अवस्थाका बारेमा जानकारी गराउने उद्धेश्यले बिगत लामो समयदेखि अर्ध वार्षिक र वार्षिक रुपमा नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गर्दै आइरहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...