टीकापुर नगरपालिकाको बजेट ८५ करोड ८ लाख ८४ हजार

धनगढी, १० असार- कैलालीको टीकापुर नगरपालिकाले ८५ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

Bhancha ghar0

११ औं नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ ।

नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ शय ६० रुपैयाँ, मालपोत रजिष्ट्रेसन ३ करोड ७५ लाख, वचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ७ करोड विनियोजन गरिएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.