कैलालीको अत्तरियामा पेट्रोलियम पदार्थको मूल्य बृद्धीको बिरोधमा राके जुलुस

अत्तरिया, ९ असार- कैलालीको अत्तरियामा मुल्यवृद्धिका विरुद्धमा राष्ट्रिय युवा संघले गरेको आन्दोलनमा भागदौड मच्चिएको छ । युवा संघले राके जुलुस सहित गरेको आन्दोलमा प्रहरीले हस्तक्षेप गरेपछि भागदौड मच्चिएको हो ।

युवा संघका कार्यकर्ता बिहिबार साँझ साढे ७ बजे राके जुलुस सहित अत्तरियामा चोकमा आन्दोलन गर्न अत्तरियाको पहाड रोडबाट अत्तरिया चोक तिर बढ्दै गर्दा प्रहरीले बिच बाटोमै रोक्न खोजेको थियो । त्यसपछि आन्दोलनकारीहरु राका सहित चोकतिर दैडिएका थिए । प्रहरीले उनीहरुलाई पछ्याउन खोज्दा अत्तरिया चोक केही बेर तनाबग्रस्त बनेको थियो ।

प्रहरीले राके जुलुस सहितको आन्दोलनलाई तितर वितर पारे पनि उनीहरुले पछि प्रहरी बिरुद्ध समेत नाराबाजी गदै अत्तरिया चोकमा कोणसभा गरेका थिए ।

कोष सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ कैलालीका अध्यक्ष गणेश महराले सरकारले जनताको ढाड सेक्ने गरी गरेको मुल्यवृद्धिका विरुद्धमा आफूहरु सडकमा आउन बाद्य भएको बताए । उनले जनताका समस्याका सम्बोधनको माग गर्दै गरिएको आन्दोलमा प्रहरीले हस्तक्षेप गरेको प्रति घोर भ्रत्सना गरेका छन् ।

कोष सभालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला सदस्य आनन्द भट्टले शान्तिपुर्ण रुपमा भएको आन्दोलमा प्रहरीको धरपकट गरेर आन्दोलन छेक्ने प्रयास गरेको बताए । उनले आन्दोलन नेपाली जनताका लागि गरिएको भएपनि प्रहरीले आफ्नो बर्दीलाई सेर बहादुर देउवाको निजी बर्दी सम्झेर धरपकट गरिएको बताए ।

‘नेपालको संबिधानले दिएको अधिकार सकैले रोक्न खोज्छ भने हामीले पुलिस प्रशासनका विरुद्ध पनि हामी सडकमा मुर्दाबादका नारा लगाएर उत्रिन नपरोस्’ उनले भने ‘उनले अहिले सम्म सरकारले गरेका क्रियाकलाप सहेर बसेको भएपनि अब नेपाली जनताको चुलो नै बल्न नसक्ने अवस्था आएपछि हामी सडकमा उत्रिन बाध्य भएका हौ ।’ उनले जनताको ढाड सेक्ने गरी भएको पेट्रोलियम पदार्थ लगायतको मुल्यवृद्धिका बिरुद्ध सबैले जाग्न आवश्यक भएको बताए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.