‘महिला हिंसा न्यूनीकरण गर्न घरबाट सुरु गर्नुपर्छ’

धनगढी, ९ असार– महिला हिंसा न्यूनीकरणका लागि सर्वप्रथम घरबाट सुरु गर्नुपर्ने सरोकारवाला निकायले जोड दिएका छन। बिहीबार धनगढीमा मानव अधिकारका लागि महिला एकल महिला समुहको आयोजनामा भएको कार्यक्रमका सहभागिले यस्तो बताएका हुन ।

महिला हिंसाका घटना घर भित्र हुने भएको हुँदा त्यसको न्यूनीकरणका लागि पनि घरबाट सुरु गर्नुपर्ने अधिकारकर्मी शेरबहादुर बस्नेतले बताए । ‘महिला हिंसाको जड घर भित्र रहेका छ’, उनले भने ‘त्यसको न्यूनीकरणका लागि पनि घरबाट सुरुवात गर्न आवश्यक भएको छ ।’

कार्यक्रममा सहभागि इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले महिला हिंसाको मुद्धा सबैको साझा भएको हुँदा जफावदेहिता सबैको रहेका बताए ।

महिलाको पक्षमा राज्यले राम्रो कानुन बनाएको भए पनि त्यो अनुसार समाजको संरचना नभएको हुँदा समस्या हुने गरेको महिला अधिकारकर्मी तथा पूर्व जनप्रतिनिधि रत्ना विष्टले बताईन् । ‘परिवारिक संरचनाले गर्दा महिला हिंसा भएका छन्’, उनले भनिन् ‘यसको न्यूनीकरणका लागि सामाजिक कानुन ताड्न आवश्यक छ ।’

अधिकारकर्मी चित्रा पनेरु र गोमा आचार्यले पनि महिला ंिहंसा घरको संरचनाले गर्दा भएको दोहोर्इन । घर भित्र महिला ंिहंसा भएका छन् तर, धेरै महिला दिदि वहिनीहरु सहेर बसेको अधिकारकर्मी पनेरुले बताईन् । घर भित्र नै महिला हिंसा गर्ने वातावरण बन्दै गएको अधिकाकर्मी आचार्यले बताईन् ।

यस्तै गरी कार्यक्रममा कैलारी गाउँपालिका बस्ने एकम महिला शान्ति चौधरीले महिला हिंसा सम्बन्धी छलफल गाउँ तह सम्म गर्नुपर्ने सुझाईन् । उनले विभिन्न शिविर हरुमा थुप्रै महिला हिंसा भएका तर, वाहिर मात्र आउन नसकेको उल्लेख गरिन् । ‘महिला हिंसाहरु सहर भन्दा बढी गाउँमा भएका छन्’, उनले भनिन् । ‘तर, वाहिर मात्र आउन नसकेका हुन् ।’

कार्यक्रममा नेपाल वार कैलालीका अध्यक्ष सिद्धराज ओझाले सम्बन्ध विच्छेदका घटना बढी हुनुमा वैदेशिक रोजगारी एक प्रमुख कारण रहेको देखिएको बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले सिमान्तकृत महिलाहरु माथि हुने हिंसा अदालत सम्म अहिले पनि पुग्न नसकेको बताए । उनले त्यसका लागि वडा तहमै छलफल गर्नुपर्नेमा जोड दिए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.