अत्तरिया, ९ असार- कैलालीको गोदावरी नगरपालीकाका ८ विद्यालयका ५ देखी १२ वर्ष सम्मका बालबालीकालाई आज देखि कोरोना विरुद्धको खोप लगाइँदै छ ।
वडा नम्बर १, २, ५ तथा ६ का ८ विद्यालयका बालबालीकालाई विद्यालय समयमा खोप लगाईने गोदावरी नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए ।
नगरका सबै विद्यालयमा पालैपालो खोप अभियान चलाईने उनले बताए । नगरपालीकामा ५ देखी १२ वर्ष सम्मका बालबालीकाको संख्या अनुसार १६ हजार खोप आई पुगेको बताईएको छ ।
