बैतडी, ९ असार- बैतडीको मेलौली नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । शुक्रबार असार १० गते नगरसभाको बैठक बस्ने जनाउदै नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निणर्य गरेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले असार १० गते नगर कार्यपालिकाको नगरसभा बस्ने र सो दिन सम्मका लागि सेवा बन्द गरिएको जनाएको छ ।
नगरसभाको तयारी गर्नुपर्ने भएकोले कर्मचारी त्यसमा खटिएकाले बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै दशरथचन्द नगरपालिकाले पनि नगरप्रमुख र उपप्रमुखसंगको भेटघाट बन्द गरेको छ । नीति,कार्यक्रम र बजेटको तयारी भएकोले भेटघाट बन्द गरिएको हो । जिल्लाका सबै स्थानीय तह हाल नीति कार्यक्रम तथा बजेट निर्माणको काममा व्यस्त रहेका छन् । स्थानीय तहहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याइ सक्नुपर्ने प्रवधान रहेको छ ।
