गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीलाई

धनगढी, ९ असार– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ । जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो ।

उनलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको हो । जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समय सम्म काम गरेका थिए ।

सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ । ट्रमा सेन्टरमा पनि जोशीले धेरै सुधारको काम गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उनको गेटा सरुवा हुन लागेको हो ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.