पानी नपर्दा कैलालीका किसान चिन्तित

धनगढी, ८ असार– कैलालीका किसान पानी नपर्दा चिन्तित बनेका छन् । बर्षात र रोपाइँको सिजनमा सुरु भएपनी कैलालीमा आकाशे पानी नपर्दा किसान चिन्तीत भएका हुन् ।

त्यसैमा महँगो डिजेल र मल समस्याका कारण कैलालीका किसानलाई चिन्तित बनाएको छ । कैलारी गाउँपालीका वडा नं. ५ पबेराका वीरबहादुर चौधरी रोपाइँको सिजनमा महँगो डिजेल र मल समस्याका कारण चिन्तित छन् । यसपालिको धान खेती गरेर पार नलाग्ने सोचमा उनी छन् ।

Bhancha ghar0

किसानको समस्या त कसैले सुन्दैनन् वीरबहादुर चौधरीले भने-‘मलखाद त पाइँदैन महँगो डिजेलले थप समस्या भएको छ ।’ वीरबहादुर एक प्रतिनिधि पात्र मात्रै हुन् कैलालीका किसानहरूलाई यस वर्षको धान खेती गर्न निकै धौधौ परेको छ । कैलालीमा अहिलेसम्म वर्षात सुरु नहुँदा रोपाइँ गर्न निकै समस्या हुन लागेको हो । असार पहिलो सातासम्ममा धान रोपाइँमा कैलालीका किसानहरू फाट्टफुट्ट व्यस्त देखिए पनि माना रोपेर मुरी फलाउने किसानहरूलाई डिजेलको मूल्य बढेर थप समस्यामा परेको छ ।

डिजेल महँगो, मलखाद महँगो कसरी किसानले खेती गर्ने वीरबहादुरको दुःखेसो पोख्य । पानी नपर्दा छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सकिन लागेको छ । मनसुन छिट्टै सुरु हुन लागेकोले धान रोपाइँ पनि छिटो नै गर्ने सोच बनाएको किसानहरूको अहिले मनसुन कुरेर बसेका छन् । सरकारले कहिल्यै किसानका समस्याबारे केही बोल्दैन ।

यसपालि रोपाइँमा लागत खर्च बढ्ने भयो, डिजेल पनि बढ्यो मलखाद अभावमा किसानको मिहिनेत धेरै भयो उत्पादन नभएपछि खर्च पनि नउठ्ने चिन्तामा कैलारी-५ सडकपुरका किसान खुसीराम चौधरीको पीडा छ । समयमा धान रोपाइँ गर्न नसक्दा उत्पादन पनि कम हुने चिन्ता किसानलाई परेको छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भए पनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरू बताउँछन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.