सुदूरपश्चिम प्रदेशका सीमा नाकामा कोरोना संक्रमण बढ्ने जोखिम

धनगढी, ८ असार– सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने बढ्न थालेका छन् । गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पिसिआर र एन्टिजेन पद्दतिबाट नमूना परीक्षण गरिएकामध्ये ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पिसिआर पद्दतिबाट १८ र एन्टिजेन पद्दतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्लो १ हप्तामा ११ जनामा कोरोनाको संक्रमण देखिएको छ । गएको फागुनयता यो रोगका कारण हुने मृत्यू दर भने शून्य छ । छिमेकी भारतमा यो रोगको संक्रमण बढेसँगै नेपालमा पनि यो रोगको संक्रमण बढ्ने जोखिम देखिएकोे सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीले बताए ।

Bhancha ghar0

सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको जोखिम देखिएको हो । भातरबाट फर्किनेमा यो रोगको सङ्क्रमण देखिन थालेको बताइएको छ । गौरिफन्टा सीमा नाकामा खटिएका डम्मर खातीले आफ्नो स्वास्थ्यको नमूना परीक्षण गराउने काममा भित्रिने नागरिकबाट लापरबाही हुँदा समस्या भइरहेको बताए । उनले भने,‘‘भित्रिनेहरु हेल्थ डेस्कमार्फत् आफ्नो नमूनाको नतिजा नआउँदै गन्तव्यमा हिँड्दा समस्या भइरहेको छ, उनिहरुलाई नतिजा आउने समयसम्म निगरानीमा राखिदिने काम कसैबाट हुन सकिरहेको छैन ।’’ मङ्गलबार सुदूरपश्चिमका विभिन्न सीमानाकाबाट ५१६ जना स्वदेश भित्रिएका थिए ।

कोरोनाको समस्या देखिएयता हालसम्म प्रदेशमा पिसिआर पद्दतिबाट २ लाख २१ हजार ६३५ र एन्टिजेन पद्दतिबाट ३ लाख २५ हजार १५७ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये पिसिआर तर्फ ४२ हजार १७८ र एन्टिजेन तर्फ १७ हजार ४९२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

संक्रमित हुनेमध्ये ५९ हजार २० जना उपचार व्यवस्थापन पछि घर गएका छन् । अहिलेसम्म कोरोनाबाट संक्रमित ६३३ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरस विरुद्धको खोप लागाउने दर बढ्दै गएको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.