धनगढी उपमहानगरपालिकाले ल्यायो आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम

धनगढी, ७ असार– धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नवनिर्वाचित आएपछि मंगलबार बसेको नगरसभाको बैठकमा नगरसभाका अध्यक्ष तथा नगर प्रमुख गोपाल हमालले अगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हमालले ‘सुख, शान्ति र सम्बृद्धिको शहर : धनगढी महानगर’ भन्ने नाराका साथ दीर्घकालीन सोची राखेर हाम्रो धनगढी : हामी बनाउछौँ अभियान सहित योजनाबद्ध रुपमा आर्थिक, राजनीतिक, सामाजिक, पर्यावरणीय विकासको मौलिक ढाँचा बनाएर अघि बढ्ने बताए ।

Dadeldhura hospital

कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर ल्याइएको नीति तथा कार्यक्रममा नगर क्षेत्र भित्र सरकारी, सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरि बनाइएका संरचनाहरु हटाएर सार्वजनिक जग्गाको संरक्षण गर्ने कार्यलाई मुख्य प्राथमिकता दिइएको छ ।

धनगढीलाई स्वस्थ नगर : शिक्षित नगरका रुपमा विकसित गर्ने, आधारभूत तह कक्षा १ देखि ८ सम्म स्थानीय पाठक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने, एक वडा एक खेलमैदान निर्माण गर्ने, नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन, सबै वडामा मासिक रुपमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन, एक वडा एक एम्बुलेन्स कार्यक्रम सञ्चालन गरेर एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने, एक वडा एक हरित उद्यान कार्यक्रम सञ्चालन गर्ने समेत नगर प्रमुख हमालले बताए ।

उपमहानगरपालिकाको सन्तुलित, दीगो र समतामूलक विकासका लागि धनगढीलाई नगर विज्ञ समूह गठन गर्ने, स्वच्छ, स्वस्थ र हरित नगरका रुपमा विकसित गर्न अगामी वर्षलाई सरसफाई वर्षको रुपमा मनाउने, एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिने, किसानहरुलाई बैकिङ सेवासँग आवद्ध गराएर सहज र सुलभ कृषि ऋण उपलब्ध गराउने, साझेदार निकायहरुको सहकार्यमा सामुदायिक चौपायाहरुको व्यवस्थापन गर्ने, हाम्रो परम्परा हाम्रो संस्कृति : संरक्षण र प्रवद्र्धन हाम्रो साझा जिम्मेवारीका साथ सबै समुदायको पहिचान संरक्षण गर्ने नीति अवलम्बन गर्ने कुरा समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

न्याय सम्पादन ढिलो हुनु, न्याय नपाउनु सरह हो भन्ने न्यायको मूल्यलाई अंगिकार गरेर न्यायिक समितिबाट छिटो, छरितो र पारदर्शि रुपमा न्याय सम्पादन गर्ने कार्यलाई निरन्तरता दिने, न्याययिक कामकाजलाई प्रविधिसँग आवद्ध गरेर व्यवस्थित बनाइने कुरालाई पनि प्राथमिकता दिइएको छ ।

नगरसभामा प्रस्तुत गरिएको अगामी वर्षको नीति तथा कार्यक्रम मंगलबार बस्ने अर्को बैठकमा छलफल गरेर पारित गर्ने तयारी छ भने सोही नीति तथा कार्यक्रमका आधारमा असार १० गते अगामी वर्षको बजेट तथा कार्यक्रम ल्याइने उपमहानगरपालिकाले जनाएको छ ।

Loading...