धनगढी, ७ असार– धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वीयुले मूल्य बृद्धिको विरोधमा सरकारी सवारी साधन चल्न नदिने भएको छ ।
पेट्रोलियम पदार्थ र दैनिक उपभोग्यका वस्तुको मुल्य आकासिए सैगै सरकारको विरोधमा दुई संगठनले संयुक्त रुपमा बन्द गर्ने निणर्य गरेको हो ।
त्यस्तै राष्ट्रिय युवा संघका नगर कमिटि अध्यक्ष अविशेक नाथ (लोक) ले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्यका वस्तुको मूल्य बृद्धिको विरोधमा बुधबार धनगढी उपमहानगरपालिका क्षेत्रमा कुनै पनि सरकारी सवारी साधन चल्न नदिने बताए ।
मूल्य बृद्धिको विरोधका आन्दोलनका कार्यक्रमका अन्तरगत बुधबार बिहान १० देखि साँझ ५ बजेसम्म कुनै पनि सवारी साधन चल्न नदिने बताउँदै जबरजस्ती गरेको खण्डमा पर्ने दुर्घटना सम्बन्धीत कार्यालयले जिम्मा लिनुपर्ने बताए ।
सरकारले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुको माग छ । एमाले सम्बद्ध अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले मंगलबार धनगढीमा राँके जुलुससहित प्रर्दशन गरेको थियो ।
