लागु औषध दुर्व्यसन न्युनिकरण सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढी, ६ असार– कैलालीको धनगढीमा लागु औषध दुर्व्यसन न्युनिकरण सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप ‘प्रहरी-बिद्यालय सम्पर्क’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढी उप-महानगरपालिका वडा नं. १६ स्थित बेहडाबाबा माध्यमिक बिद्यालय घसिटाको हलमा सम्पन्न गरिएको हो ।

उक्त बिद्यालयका शिक्षक, शिक्षिका, कक्षा ९, १० र ११ मा अध्ययनरत बिद्यार्थी गरी जम्मा ९० जनाको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा प्रहरी निरीक्षक खगेन्द्र सिंह साउदले गर्नु भएको थियो ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.