नेपाल कम्युनिष्ट पार्टीले विविध माग राख्दै अत्तरियामा विरोध प्रर्दशन

अत्तरिया, ५ असार- नेपाल कम्युनिष्ट पार्टीले अत्तरियामा विरोध प्रर्दशन गरेको छ । पार्टीले विविध माग राखी नारा जुलुस गर्दै विरोध प्रर्दशन गरेको हो ।

पेट्रोलियम पदार्थ, खाद्य पदार्थको चर्को मुल्य वृद्धी र भाडा वृद्धी नियन्त्रण गर्नुपर्ने, किसानलाई बिउ, मल समयमै उपलब्ध गराउनु पर्ने, भ्रष्टाचारी, कालोबजारी, तस्करलाई कार्बाहि गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।

त्यसैगरी एमसीसी, एसपीपी लगायतका राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने, तीज बुँदे सहमती लागु गरी सम्पुणर् राजबन्दीलाई रिहाई गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

विरोध कार्यक्रममा प्रर्दशनकारीहरुले बढ्दो महंगी नियन्त्रण गर, किसानलाई मल बिउको व्यवस्था गर, कालोबजारी नियन्त्रण गर,वैदेशिक हस्पक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी कैलालीका सचिव असल शर्मा,गाँउ तथा नगर ईन्चार्ज लगायत स्थानीय नेता,कार्यकर्ताको सहभागीता रहेको थियो । अत्तरिया बजार वरपर नारा जुलुस गर्दै र्‍याली कोणसभामा परिणत भएको थियो ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.