बैतडीलाई सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

बैतडी, ५ असार– बैतडीलाई सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समितिको शनिबार बसेको बैठकले असार ६ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निणर्य गरेको थियो ।

जिल्लाका १० ओटै स्थानीय तहका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेकाले भोलि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको हो ।

२०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको बैतडीलाई हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।१६ देखि २३ महिना सम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए/नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

Loading...