गोदावरी ४ ले वडा भेला मार्फत ल्यायो १ करोड ११ लाखको बजेट

अत्तरिया, ५ असार- कैलालीको गदोवरी नगरपालिका ४ नं. वडा कार्यालय बसन्तपुरले आर्थिक बर्ष ०७९।८० को छैटौ वडा भेला सम्पन्न गरेको छ ।

गोदावरी नगरपालिका ४ ले १ करोड ११ लाख ४३ हजार १८९ रुपैयाँको बजेट ल्याएको छ । आइतबार वडा अध्यक्ष हेम प्रकाश मल्लले उक्त वडा भेला मार्फत बजेट पेश गरेका हुुन ।

कुल बजेट मध्ये पुर्वधार विकास तर्फ ६५ लाख ७३ हजार १८९ रुपैया पूर्वाधार विकास तर्फ, ३० लाख ५० हजार सामाजिक विकास तर्फ र ९ लाख २० हजार सुशासन तथा संस्थागत विकास तर्फ खर्च गरिने जनाइएको छ ।

गोदावरी नगरपालिका वडा नं.४ का वडा अध्यक्ष हेम प्रकाश मल्लको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहनु भएको थियो भने गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदा रोकाया बिशिष्ठ अतिथी रहेकी थिइन ।

त्यसैगरी गोदावरी नगरपालिका कार्यपालिकाका सदस्य इश्वरा नेपाली, वडासदस्यहरु, जनप्रतिनिधिहरु, समाजसेवी, वृद्धिजिवी, वडावासीहरु लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन उद्वार खबर राष्ट्रिय दैनिक अत्तरिया कैलालीका प्रवन्ध निर्देशक नरेश नाथ योगीले गरेका थिए ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.