जिल्ला ट्राफिक कैलालीका प्रमुख सिंह सहित ३ जना पुरस्कृत

Dadeldhura hospital

अत्तरिया, ४ असार– कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कार्यालय मातहतका ट्राफिक प्रहरीहरुलाई सम्मान सहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंह, अस्थाई ट्राफिक पोष्ट त्रिनगरमा कार्यरत प्रहरी नायब निरीक्षक सावन सिंह क्षेत्री भाट र प्रदेश ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश धामी रहेका छन् । जेठ महिनामा उत्कृष्ट कार्य गरेकोले उनीहरुलाई पुरस्कृत गरिएको प्रदेश ट्राफिकले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...