बिरामी बोकेको जिप दुर्घटना हुँदा ४ जना घाइते

धनगढी, ४ असार- कैलालीको धनगढीमा जिप दुर्घटना भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ४ पुरानो यातायात कार्यालय अगाडि शनिबार बिहान सु.प.प्र.०१००१ च ३५९५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अछामबाट बिरामी बोकेर धनगढीतर्फ आउँदै गरेको उक्त जिप आफै अनियन्त्रित भई पल्टिदा दुर्घटनामा बिरामी समेत रहेका अछामको मेल्लेख गाउँपालिका वडा नं. ८ का भरत ठकुल्ला, सोही ठाउँकी ४५ वर्षीया सरुदेवी ठकुल्ला, ३२ वर्षीय टिकाराम ठकुल्ला र ३८ वर्षीय जंगबहादुर साउद घाइते भएका छन् ।

उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चालक मेल्लेख ४ का २३ वर्षीय तिलक साउदलाई नियन्त्रणमा लिइएको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.