प्रतिभा पुस्तकालयको उद्घाटन सत्रको १३ औँ साधारण सभा सम्पन्न

साहित्यकार निर्मल र गायिका डिक्रा सम्मानित

अत्तरिया, ४ असार- कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १३ औँ साधारण सभा शुरु भएको छ ।
प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पु्ष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका रहेका थिए ।

अत्तरियामा रहेको पुस्तकालयको हलमा शनिबार साधारण सभाको एक कार्यक्रमका बिच प्रमुख अतिथी रहनु भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री रैकाले उद्घाटन गरेका हुन् ।

सभाले ४ बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । हाल संस्थाको अध्यक्षमा पुष्पराज जोशी रहेका छन् । उनले पुनः कार्यकाल दोहोर्याउन चाहेको बुझिएको छ । संस्थाका ४३५ जना आजीवन सदस्य रहेका छन् । प्रतिभा पुस्तकालयको स्थापना २०५७ सालमा साहित्यकार कृष्ण पनेरु बन्चित को अगुवाईमा भएको थियो ।

साहित्यकार निर्मल र गायिका डिक्रा सम्मानित
सुदूरपस्चिमका वरिष्ठ साहित्यकार निर्मल कुमार भण्डारी र गायिका डिग्रा गाइने सम्मानित भएका छन् । साहित्यकार भण्डारी मुडभरी साहित्य पुरस्कर २०७७ बाट पुरस्कृत निर्मल कुमार भण्डारी सम्मानित भएका छन् । उनलाई ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाणपत्र दोसल्ला ओढाएर सम्मानित भएका हुन ।

त्यस्तै गोदावरी ६ का स्थानीय खगराज पाठकले स्थापना गरेको गणेश-शारदा लोक साहित्य पुरस्कार लोक गायिका डिक्रा बादीलाई प्रदान गरिएको छ । उनलाई ५ हजार ५ रुपैयाँ सहित प्रमाणपत्र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाको १३ औं बार्षिक साधारणसभाको अवसरमा पुस्तकालयले उनिहरुलाई सम्मानित गरेको हो ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.