खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने

डोटी, २ असार– खप्तडको प्रचारप्रसार गर्न भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले असार ८ गतेभित्र भिडियो डकुमेन्ट्री पठाउन आग्रह गरेको छ । समितिले इमेलमार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाइसक्नु पर्ने बताएको छ।

Dadeldhura hospital

अंग्रेजी वा नेपाली भाषामा तयार गरिएको भिडियो डकुमेण्ट्री बढीमा ७ मिनेटको हुनु पर्ने बताइएको छ । भिडियो डकुमेन्ट्रीमा खप्तड क्षेत्रको सौन्दर्य, प्राकृतिक तथा जैविक विविधता, ऐतिहासिकता, साँस्कृतिक तथा धार्मिक महत्व झल्किने हुनुपर्ने समितिको कार्यालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

उत्कृष्ट भिडियोलाई ६० हजार रुपैयाँ नगद पुरस्कार दिइने समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए । डकुमेन्ट्री प्रतियोगितासँगै फोटो प्रतियोगिता, निवन्ध र कविता प्रतियोगिता समेत आयोजना गरिने खड्काले बताएका छन् । निबन्ध र कविता प्रतियोगितामा पहिलो हुनेलाई जनही २० हजार रुपैयाँ र दोस्रो हुनेलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै फोटो प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । दोस्रो हुने फोटोलाई १२ हजार, तेस्रोलाई १० हजार, चौथोलाई आठ हजार र पाँचौंलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको कार्यकारी निर्देशक खड्काले बताए ।

Loading...