

बैतडी, २ असार– सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारमा रुपमा रहेको बैतडीको पाटन नगरपालिका ८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ ।


गएको पाँच दिन देखि यहाँ खानेपानीको हाहाकार भएको हो । खानेपानीको आपूती गर्दौ आएको सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुदैं आएको भएपनि हात त्यस क्षेत्रको बिद्युत लाईनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको खानेपानी योजनाका सचिव मोहन बिष्टले बताए ।



खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवशायी, कार्यालय,यात्रुहरुलाई समेत समस्या हुने गरेको छ । खोनेपानीको समस्या भएपछि निकै समस्या भएको होटेल व्यवशायी सन्तोश राईले बताए । उनले भने,‘खानेपानी नभएकै कारणले चारदिनदेखि होटेलको व्यापार सुस्ता छ , यसले गर्दा निकै घाटा व्यहोर्नुपरेको छ ।’
खानेपानीको समस्या समाधानको लागि पहल भइरहेको पाटन नगरपालिका ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । उनले भने,‘बिद्युतीय समस्याका कारण खानेपानी बन्द भएको हो । कम भोल्टेजको बिद्युत प्रवाह भईरहेको हुनाले मोटरले काम गरेको छैन् । बिद्युत वितरण केन्द्रलाई खबर गरेका छौं, प्रबिधिक टोली आएर मर्मत गरिरहेकोले छिट्टै समाधान हुन्छ ।’ यसैबीच खोडपेमा दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको छ । ५ दिनदेखि अबरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिन लागिएको हो।
खोडपे बजार क्षेत्रमा खानेपानीको चरम समस्या उत्पन्न भएपछि दमकलबाटै भएपननि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएको पाटन ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । उनले भने, ‘बजारमा खानेपानीको चरम अभाव भएपछि नगरपालिकाको दमकलबाट हामीले खानेपानी आपुर्ती गर्न थालेका छौं यसले केही राहत मिलेको छ ।’ लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुदैं आएकोले खोडपेमा सधै खानेपानीको अभाव हुने गरेको छ ।

