धनगढीको सारथी अस्पतालले पत्रकारको निःशुल्क चेकजाँच गर्ने

धनगढी, २ असार– धनगढीको सारथी अस्पतालले पत्रकारलाई निःशुल्क चेकजाँच गर्ने भएको छ । अस्पतालले कैलालीका पत्रकारलाई ओपिडी चेकजाँच पूणर् रुपमा निःशुल्क र अन्य सेवामा २० प्रतिशत छुटमा सेवा दिने भएको हो ।

Dadeldhura hospital

नेपाल प्रेस युनियन कैलाली र सारथी अस्पताल प्रालिबीच भएको सम्झौता अनुसार कैलालीमा कार्यरत पत्रकारका परिवारका चार जना सदस्यलाई समेत ओपिडी चेकजाँच पूणर् रुपमा निःशुल्क र अन्य सेवामा २० प्रतिशत छुट दिनेछ ।

Navadurga sun
Godawari sandesh

सारथी अस्पतालका प्रवन्ध निर्देशक बेदप्रकाश जोशी र नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ओपिडी चेकजाँच निशुल्क गर्ने तथा ल्याब, बेड भर्ना, फार्मेसी, यूएसजी, इको, एक्सरे, आइसियू र इसिजीमा २० प्रतिशत छुट दिने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रकाश जोशीले जानकारी दिए ।

Loading...